राष्ट्र बैंकको नयाँ व्यवस्था : सुन र रेमिट्यान्स दुबैको सीमा विस्तार
  • प्रमुख खबर

Oplus_131072

असोज २४, काठमाडौं ।।
नेपाल राष्ट्र बैंकले सुन आयात र विप्रेषण(रेमिट्यान्स) को भुक्तानी सम्बन्धी सीमा बढाएको छ।

बैंकले शुक्रबार (आज) जारी गरेको संशोधित एकीकृत परिपत्रमार्फत सुन आयातको दैनिक कोटा २० किलोबाट बढाएर २५ किलो पुर्‍याएको छ।

यससँगै विदेशबाट आउने विप्रेषणको भुक्तानी सीमामा पनि परिमार्जन गरिएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्र अनुसार अब नेपाली वा विदेशी नागरिक साथै नेपालमा दर्ता भएका कम्पनी, संस्था वा शाखा कार्यालयले विदेशबाट प्राप्त बिक्री, कमिसन, शुल्क वा पारिश्रमिक जस्ता रकम इजाजत प्राप्त विप्रेषण कम्पनीमार्फत एक दिनमा अधिकतम २५ लाख रुपैयाँसम्म (एक पटक वा किस्ताबन्दीमा) भुक्तानी गर्न सक्नेछन्।

यसभन्दा अघि यो सीमा २० लाख रुपैयाँ मात्र तोकिएको थियो। राष्ट्र बैंकले भुक्तानी प्रक्रियामा ग्राहक पहिचानका आवश्यक कागजात लिनुपर्ने र प्राप्त विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा तयार गरी प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभागहरूमा बुझाउनुपर्ने जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्