हमासले सबै जीवित बन्धक रेडक्रसलाई बुझायो, विपिन जोशीको खोजी कार्य जारी
  • प्रमुख खबर

Oplus_131072

असोज २७, काठमाडौं ।।
प्यालेस्टिनी विद्रोही समूह हमासले आफूसँग रहेका २० जना जीवित बन्धक फिर्ता गरेको छ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा बन्धक बनाइएकामध्ये जीवित रहेका बाँकी सबै २० जनालाई अन्तर्राष्ट्रिय रेडक्रस समितिको जिम्मा लगाइएको हमासले विज्ञप्तिमार्फत जनाएको बीबीसीले उल्लेख गरेको छ।

उक्त आक्रमणका क्रममा २ सय ५१ जना अपहरणमा परेका थिए। त्यसपछिका विभिन्न चरणमा जीवित र मृतक जिम्मा लगाइँदै गर्दा ४७ जना बाँकी थिए । जसमा अघिल्लो युद्धका एक सैनिकसमेत गरेर हमासले हाल ४८ जना सबैलाई रिहा गर्न सहमति जनाएको छ ।

रिहा हुन लागेका ४८ मध्ये २० जना जीवित र २६ जनाको मृत्यु भइसकेको बताइएको छ। तर, नेपालका विपिन जोशीसहित दुई जनाको अवस्था अझै अज्ञात रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली सेनाले विपिन जीवित रहेको कुनै प्रमाण नपाएको औपचारिक जानकारी दिएको छ। तर पनि बहुराष्ट्रिय सेनाले गाजास्थित सुरुङभित्र खोजी कार्य जारी राखेको बताइएको छ।

जीवित र मृतक दुवै सूचीमा नाम नपरेका कारण विपिन जोशी फेला पर्ने सम्भावना अझै बाँकी रहेको उनको परिवारले आशा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्