मुग्लिन–नारायणघाट सडकखण्डको गाईघाटमा दुर्घटना
  • प्रमुख खबर

कात्तिक ०१, काठमाडौं ।।
मुग्लिन–नारायणघाट सडक खण्ड अन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा गाडीहरु एक आपसमा ठोक्किएका छन् । बिहान साढे ७ बजेतिर ट्रकले यात्रुबसलाई ठक्कर दिएपछि बसको पछाडि रहेका अरू गाडी पनि ठोक्किन पुगेका हुन् ।

दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि चितवनको भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले जानकारी दिए । घाइतेको यकिन सङ्ख्या आइनसकेको उहाँको भनाइ छ । क्षतिको थप विवरण संकलन भैरहेको चितवन प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्