पेट्रोल २ र डिजेल ३ रुपैयाँले महँगियो, ग्यासको मूल्य भने यथावत
  • प्रमुख खबर

कार्तिक ३०, काठमाडौं ।।
नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेल/मट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो ।

बढेको मूल्य गएराति देखि नै लागू भएको छ । भारतीय आयल निगमबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ४५ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसा बढेको मूल्यसूची आएको निगमले जनाएको छ ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गरी पेट्रोलमा दुई र डिजेलमा तीन रुपैयाँ मात्रै वृद्धि गरिएको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्य वृद्धि भएसँगै अब पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १ सय ५८ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ६० रुपैयाँ तथा डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ४६ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ६१ रुपैयाँ तथा डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ४७ रुपैयाँ पर्नेछ ।

तर यसपटक खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको निगमले स्पष्ट परेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्