प्रतिनिधि सभा निर्वाचन नजिकिँदै, नयाँ दल दर्ताको अन्तिम दिन आज
  • प्रमुख खबर

Oplus_131072

कार्तिक ३०, काठमाडौं ।।
फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावलाई लक्षित गर्दै नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले तोकेको समय आइतबार(आज) साँझ समाप्त हुँदैछ।

आयोगले नयाँ दल दर्ताका लागि विशेष आह्वान गरेको थियो, जसअनुसार इच्छुक समूहहरूले आजसम्म आवश्यक कागजातसहित निवेदन दिएको हुनुपर्नेछ।

यससँगै आयोगले आगामी दुई महत्त्वपूर्ण निर्वाचन—फागुन २१ मा प्रतिनिधि सभा र माघ ११ मा राष्ट्रिय सभा सदस्यका लागि पनि दल दर्ता प्रक्रिया अलग रूपमा सञ्चालन गरिसकेको छ।

आयोगले प्रतिनिधि सभाका लागि मंसिर १ देखि १० र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता खुला रहने जनाएको छ। दर्ता भएका दलले पनि निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता अनिवार्य गरिएको छ।

दल दर्ताका लागि निवेदन दिने टोलीले दलको नाम, दर्ता मिति, दलसम्बन्धी विवरणसहितका आधारभूत कागजात उपलब्ध गराउनुपर्ने आयोगले जनाएको छ।

त्यस्तै फागुन २० गतेदेखि राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुने भएकाले सो पदपूर्तिका लागि माघ ११ गते निर्वाचन आयोजना हुँदैछ।

आयोगले यी दुवै निर्वाचनलाई व्यवस्थित र समयानुकूल बनाउन दर्ता प्रक्रिया छिटो सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्