मौसम पूर्वनुमान : देशका केही प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली
  • प्रमुख खबर

मंसिर १७, काठमाण्डौं ।।
अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान आंशिक बदली रहेको क्षेत्रमा दिउँसो मौसम खुल्ने र आज दिउँसो हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । आजराति देशभरको मौसम मुख्यतया सफा नै रहने अनुमान छ ।

काठमाण्डौ उपत्यकामा हिजो बिहानको तुलनामा आज न्यूनतम तापक्रम केही बढेको छ । हिजो बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेकोमा आज ९ दशमलव १ डिग्री सेल्सियस रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्