सुनले रच्यो नयाँ इतिहास, तोलामा २ लाख ७० हजार नाघ्यो
  • प्रमुख खबर

पौष १३, काठमाडौं ।।
साताको कारोबारको पहिलो दिन आइतबार(आज) सुनले नेपाली बजारमा नयाँ इतिहास रचेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आज एकैदिन १ हजार ३ सय रुपैयाँले मूल्य वृद्धि भई पहिलोपटक २ लाख ७० हजारको सीमाभन्दा माथि पुगेको हो। यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। चाँदीको मूल्य तोलामा ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो कारोबारको तुलनामा २ सय ७० रुपैयाँले बढी हो।

शुक्रबार चाँदी तोलामा ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो। सुन–चाँदी दुवैको मूल्यले नयाँ उचाइ छोएसँगै बजारमा चासो बढेको छ भने लगानीकर्ताहरूको ध्यान फेरि बहुमूल्य धातुतर्फ तानिएको देखिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्