फागुन ०१, काठमाडौं ।।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ भने देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ । तराईका केही ठाउँमा दिउँसोसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि तराईका केही ठाउँमा तुँवालो लाग्ने अनुमान छ ।
यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने छ भने अन्य भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । तराईमा बिहानपख लाग्ने हुस्सु तथा कमजोर हावाका कारण वायु प्रदूषणको मात्रा बढ्न सक्ने अनुमान छ ।












