मौसम पूर्वनुमान : देशका धेरै ठाउँको मौसम सफा तराईका थोरै ठाउँमा तुवाँलो
  • प्रमुख खबर

फागुन ०९, काठमाडौं ।।

आज देशका धेरै ठाउँको मौसम सफा छ । काठमाडौं  उपत्यकासहित देशका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बादल लागेको छ । तराइका थोरै ठाउँमा तुवाँलो लागेको छ ।

आज दिउँसोसम्म नै तराइका केही ठाउँमा हुस्सु/कुहिरो कायमै रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ ।

उच्च पहाडी र हिमाली भागमा एक–दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाडौं न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्