नयाँ सरकार गठन हुन अझै १० दिन लाग्न सक्छ: रास्वपा
  • प्रमुख खबर

चैत्र १, काठमाडौँ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै करिब १० दिन लाग्न सक्ने जनाएको छ।

आइतबार  वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा रास्वपाका प्रवक्ता मनिष झाले संवैधानिक प्रक्रिया पूरा हुन समय लाग्ने भएकाले सरकार गठनमा केही दिन लाग्न सक्ने बताएका हुन्।

उनका अनुसार समानुपातिकतर्फका सांसदहरूको सूची चयन गर्न रास्वपाको सचिवालय बैठक आज भर्चुअल माध्यमबाट बस्नेछ। बैठकले संवैधानिक व्यवस्था अनुसार सबै क्लस्टरअन्तर्गतका उम्मेदवार चयन गर्नेछ।

“संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फका सबै क्लस्टरअन्तर्गत आज चयन गर्छौं। त्यसपछि नयाँ सरकार बन्न करिब १० दिनजति लाग्न सक्छ,” प्रवक्ता झाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्