चैत १,काठमाडौँ।।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजन गरिएको छ। नेपाल आयल निगम ले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको जनाएको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार लागत समायोजन गर्नुपरेका कारण मूल्य बढाइएको निगमले जनाएको छ।













