बैशाख ०७, पोखरा ।।
मादी गाउँपलिका वडा नं. ४ मा अवस्थित एकता क्लबको आयोजनामा क्लबले यस बर्ष पनि भित्तेपात्रो बिमोचन साथै स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष शिब सापकोटा रहेका थिए । सापकोटाले यस क्लबले बिगतमा पनि समाजका लागी सामाजिक मुलक साथै स्वास्थ, जनचेतनामूलक कार्यक्रम गर्दै आएको हुदा खुशी ब्यक्त गर्दै आफुले गर्न सक्ने सहयोग सदा साथ रहने प्रतिबद्धता जनाए । त्यस्तै कार्यक्रममा रोटरी क्लबको तर्फबाट अध्यक्ष जगत पोख्रेल, उपाध्यक्ष दुर्गा देवी सुबेदी, र एकता क्लबको तर्फबाट प्रकाश सापकोटा र अध्यक्ष सन्तोष लामिछाने आफ्ना भनाई राखेका थिए ।
मादी ४ स्थित तारकाङ आधारभुत स्वास्थ सेवा केन्द्रको प्राङ्गणमा रोटरी क्लब अफ भिजन काठमाडौंले कार्यक्रमको प्रायोजन गरेको थियो । सोही अबसरमा स्वास्थ्य शिबिरको संयोजन क्लबले आफ्नो भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको क्लबका सहसचिव कपिल तिमल्सिनाले जानकारी दिए ।
सोही कार्यक्रममा गण्डकी मेडिकल कलेज पोखरा- दन्त अस्पतालले प्राबिधिक सहयोग गरेको र शाही हेल्थ प्याथोलोजिले ल्याबले सेवा प्रदान गरेको थियो । शिबिर कार्यक्रममा १२३ जना स्थानीयहरुले प्रत्यक्ष लाभ लियको क्लबका कोषाध्यक्ष श्रीराम सापकोटाले बताए ।
रोटरी क्लब अफ भिजन काठमाडौंका अध्यक्ष जगत पोख्रेल र एकता क्लबका अध्यक्ष सन्तोष लामिछानेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव रोशन सापकोटाले गरेका थिए ।












