सुरक्षा प्रमुखसँग ५ घण्टासम्म बैठकमा बसेका गृहमन्त्री गुरुङ अहिले प्रधानमन्त्रीसँग छलफलमा
  • प्रमुख खबर

Oplus_131072

वैशाख ९, काठमाडौं ।।

गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग छलफलको लागि गएका छन् । हिजो राति अबेरसम्म सुरक्षा प्रमुखहरू नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका गृहमन्त्री गुरुङले बुधबार(आज) प्रधानमन्त्रीसँग छलफलका लागि गएका हुन् ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवैबीच छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । केही दिन यता विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै उचौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न गएका हुन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्