वैशाख ८, काठमाडौं ।।
काठमाडौं जिल्ला अदालतले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थपको अनुमति दिएको छ ।
न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बुधबार(आज) उनीहरू दुवैलाई अनुसन्धानको लागि ७ दिनको म्याद थपको अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३० दिनकाे समय माग गरेको भएतापनि ७ दिनकाे मात्रै म्याद थप गरेको हो ।
यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
त्यस्तै अर्का व्यवसायी शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई चैत २२ पक्राउ गरिएको थियो । हाल पक्राउ परेका दुवै जनालाई एउटै कसुरमा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।












