कांग्रेसले संसदीय दलको नेतामा आङदेम्बेलाई नियुक्त गरेसँगै संवैधानिक परिषद्ले पायो पूर्णता
  • प्रमुख खबर

Oplus_131072

बैशाख १४, काठमाडौं ।।
संवैधानिक परिषद्ले सोमबार(आज) बल्ल पूर्णता पाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन भएको डेढ महिनापछि भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता छानेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको हो।

विषेशगरी कांग्रेसले दलको नेता छान्न ढिलाइ गर्दा संवैधानिक परिषद्को बैठक नै बस्न सकेको थिएन । जसकारण प्रधानन्यायाधीश नियुक्त हुन समेत सकेको थिएन । तर आजबाट भने प्रधानन्यायाधीशसहित संवैधानिक नियुक्तिको बाटो पनि खुलेको छ ।

अहिले कामु प्रधानन्यायाधीशको भूमिकामा सपना प्रधान रहेकी छन् । संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ भने सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहने व्यवस्था छ । स्रोतका अनुसार अब बस्ने संवैधानिक परिषद् बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्