प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन रुलिङ गर्न सभामुखले गरे इन्कार
  • प्रमुख खबर

जेठ १२,काठमाडौँ।।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन रुलिङ गर्न अस्वीकार गरेका छन्। प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न विपक्षी दलहरूले सभामुखसँग निरन्तर माग गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

सभामुख अर्यालले सांसदहरूको चाहना आफूलाई थाहा रहेको उल्लेख गर्दै भने, “माननीय सदस्यहरूले मेरो मुखबाट मिति घोषणा भइदियोस् भन्ने ठूलो अपेक्षा राख्नुभएको छ।” उनले विपक्षी दलहरूको यस्तो मागलाई स्वाभाविक प्रक्रिया भएको बताए।

त्यस्तै, प्रधानमन्त्री संसद्मा उपस्थित हुने विषय पनि प्राकृतिक रूपमा अघि बढ्ने उनले स्पष्ट पारे। रुलिङ गर्न इन्कार गर्दै सभामुखले भने, “प्रधानमन्त्री आउने मिति तय हुने बित्तिकै म माननीय सदस्यहरूलाई जानकारी गराउँछु।”

तपाईको प्रतिक्रिया दिनुहोस्