असार २,ललितपुर।।
जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय विद्यार्थी आर्यन सिंहले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन्।
सोमबार दिउँसो करिब साढे १२ बजे उनले कलेजको छतबाट हाम फालेका थिए। गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि सुमेरू सिटी अस्पताल लगिएको थियो। तर उपचारका क्रममा साँझ अस्पतालले उनलाई मृत घोषित गरेको हो।
काठमाडौं महानगरपालिका–७, चावहिल निवासी आर्यनले हाम फाल्नुअघि एउटा कपीमा केही कुरा लेखेका थिए। उनले हिन्दी भाषाको रोमन लिपिमा लेखेको उक्त सामग्री प्रहरीले अध्ययन गरिरहेको जनाएको छ।
प्रहरी प्रवक्ता एसपी मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनको लेखाइमा मानसिक समस्याको संकेत देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











