एसईई ग्रेडवृद्धि नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • प्रमुख खबर

अषाढ २३, काठमाडौं ।।
एसईईको ग्रेडवृद्धि अर्थात् (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार(आज)माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि अर्थात् (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो ।

बोर्डले यस ग्रेडवृद्धि नतिजा वेबसाइट तथा एसएमएसलगायतका सेवामार्फत हेर्न सकिने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको असार १ देखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्