श्रावण ७,काठमाडौं।।
सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छिन्। उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले नियन्त्रणमा लिएको हो।
साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरी का अनुसार केसीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। पक्राउपछि काठमाडौं जिल्ला अदालत बाट साइबर कसुर अन्तर्गत १ दिनको म्याद थप गरिएको छ।
प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासी विरुद्ध गलत तथा भ्रामक सामग्री प्रसारण गर्दै अफवाह फैलाएको आरोप छ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








