साउन ११, जनकपुर ।।
सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोध जनाउँदै जनकपुरधाममा प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) र उनका स्वकीय सचिव असिम शाहको तस्वीर जलाएका छन्।
सोमबार(आज)जनकपुरधामस्थित रामानन्द चोकमा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री शाह र उनका स्वकीय सचिवको तस्वीर सार्वजनिक रूपमा जलाएका हुन्।
उनीहरूले सरकारको पछिल्लो गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर बन्नुपर्ने माग समेत गरेका छन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकारविरुद्ध नाराबाजी गर्दै सरकारले परिस्थितिलाई समयमै नियन्त्रण गर्न नसकेको आरोप लगाए। उनीहरूले राज्यले नागरिकको सुरक्षा सुनिश्चित गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।








