प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ जारी
  • प्रमुख खबर

Oplus_131072

साउन १३, काठमाडौं ।।
संसदीय सुनुवाइ समितिको बैठक बुधबार(आज) सिंहदरबारमा बसिरहेको छ । सो बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ सुरु भएको छ ।

बैठकमा सर्वप्रथम उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल भइरहेको बताइएको छ। यसपछि कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिने कार्यसूची रहेको छ ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नियुक्तिसम्बन्धी प्रक्रिया तथा नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक योग्यताबारे प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।
समितिले मंगलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो ।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्