साउन २६, काठमाडौं ।।
प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दैछ। दिउँसो १ बजे सिंहदरबारमा बस्ने उक्त बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । सो कार्यसूची उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।
यस्तै आजै दुई वटा संसदीय समितिको बैठक समेत बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बिहान ११ बजे सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ ।
यो बैठकमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।
त्यस्तै बिहान ११ बजे नै विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।









