असोज ६, काठमाडौं ।।
कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले वार्ता समिति गठन गरेको छ ।
नेकपाको मंगलबार(आज)बसेको बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
उक्त वार्ता समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ छन् । सो समितिलाई विचार मिल्ने देशभक्त गणतन्त्रवादी दल वा समूहसँग एकताका लागि पहल गर्ने जिम्मेवारी तोकिएको छ ।
विषेशगरी एउटै कम्युनिष्ट पार्टी निर्माणको पहल गर्न सबै पक्षसँग वार्ता हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।








