पहिरोले नदी थुनिँदा गाेरखाकाे बूढीगण्डकीमा बाढी आएको प्रारम्भिक अनुमान
  • प्रमुख खबर

असोज २५, काठमाडौं ।।
पहिरोले नदी थुनिएर फुट्दा गाेरखाकाे बूढीगण्डकीमा आकस्मिक बाढी आएको बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अनुमान गरेको छ । महाशाखाले विज्ञप्ति निकालेर बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा ठूलाे बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा बाढी आएको क्षेत्रमा छिटपुट मात्र वर्षा भएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले जानकारी दिएका छन् ।

प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्वीरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको समेत उनले बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्