कक्षा १२ को परीक्षा सरेसंगै बैशाख २१ गतेका लागि तय
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

बैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को परीक्षा सरेकाे छ ।

शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो।

बाेर्डका अनुसार कक्षा १२ को परीक्षा अब बैशाख २१ गतेदेखि मात्र हुने भएको छ ।

यसअघि बोर्डको मंगलबार बसेको बैठकले तोकिएकै मितिमा कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्ने निर्णय गरेको थियो। तर बाेर्डकाे उक्त निर्णयका विरुद्ध शिक्षकहरूले प्रतिरोध गर्ने चेतावनी दिएसंगै साे निर्णयबाट पछि हटेकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कक्षा १२ काे परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए।

साे छलफलमा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए।

सोही आधारमा बोर्डले बैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्