पाेखरा ।।
राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार उक्त निर्माणधीन लाेकमार्ग मङ्गलबार रातिदेखि कालोपत्र गर्न सुरु भएको हाे ।
उक्त लाेकमार्गकाे सडक अस्फाल्ट प्रविधिबाट कसेरीचोकबाट कालोपत्रको कामसुरु भएको हो ।
यस आयाेजनाका सूचना अधिकारी किरण सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रमा साे सडककाे कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेकाे बताएका छन् ।
सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनबाट उक्त लाेकमार्गकाे निर्माण समयावधि थपिएको म्यादसमेत अहिले सकिएको छ ।
यदि सरकारले पुनः म्याद थप गरे सोहीअनुसार काम हुने तर नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्ने सुवेदीले बताए ।











