शिक्षामन्त्रीमा एमालेका नेता रघुजी पन्त नियुक्त
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

शिक्षामन्त्रीमा एमालेका नेता रघुजी पन्त नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार(आज)उनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पाैडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेकाे राष्ट्रपतिकाे कार्यालय शीतल निवासले जनाएको छ ।

यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त शिक्षामन्त्री पन्त राजनीतिमा प्रवेश गर्नु अघि उनी पत्रकारिता पेशा गर्थे । तर वि.सं २०३२ सालमा उनले पत्रकारितासंगै राजनीतिमा समेत प्रवेश गरेका थिए ।

फलस्वरुपले उनले वि.सं २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीकाे प्रेस सल्लाहकार भएर काम गर्ने अवसर उनलाई प्राप्त भएको थियाे ।

यस पश्चात् उनले अाफ्नाे पत्रकारिता पेशालाई पूर्णविराम दिँदै सक्रिय राजनीतिमा लाग्ने क्रममा उनी यसअघि २०६१ सालमा श्रम तथा यातायात व्यवस्था मन्त्री बन्न सफल भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्