पाेखरा ।।
सामुदायिक विद्यालयहरुलाई बैशाख १७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरपालिकाले निर्देशन दिएको छ ।
महानगरले साेमबार सूचना जारी गर्दै नेपाल शिक्षक महासंघको आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै पाेखरा महानगर अन्तर्गतका विद्यालय सञ्चालन गर्न निर्देशन दिएकाे हाे ।
महानगरको शिक्षा महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, “शिक्षक आन्दोलनका कारणले सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हुदाँ पाेखरा महानगरपालिका, नगर शिक्षा समितिकाे आइतबार बसेकाे बैठकले बैशाख १७ गतेसम्म नियमित रुपमा पठन-पाठन सञ्चालन गर्न सम्बन्धित सबै सरोकारवालाहरुलाई अनुराेध गरिन्छ ।”
नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका सामुदायिक विद्यालयहरु बन्द रहेका छन् । विद्यालय बन्द हुदाँ यसले पठनपाठन प्रभावित भएको छ।










