एसईईको नतिजा प्रकाशन गर्ने विषयलाई लिएर राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु
  • प्रमुख खबर

काठमाण्डाैं ।।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयलाई लिएर राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ ।

२०८१ चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षाकाे नतिजा शुक्रबार(आजै) प्रकाशन गर्ने या शनिबार (भाेलि) सम्म प्रकाशन गर्ने विषयमा निर्णय गर्न पबोर्डको बैठक बसिरहेको हो ।

परीक्षा बाेर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी रहेकाे जानकारी दिएका छन् ।

यस परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्