पोखरामा नवगठित कलवार महिला समितिलाई सम्मान, महिला सशक्तीकरणमा जोड
  • सन्तोष पराजुली

माघ २४, पोखरा//

पोखरामा रहेको कलवार कल्याणकारी सेवा समाजको आयोजनामा नवगठित कलवार महिला समितिलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम माघ २४ गते शनिबार पोखरामा सम्पन्न भएको हो।

नवगठित समितिको अध्यक्षमा दिपमाला जैसवाल,सचिव निधि भट्टराई शाह,    कोषाध्यक्ष   विभा   जैसवाल,   सहसचिव अनिता देवीशाह,सहकोषाध्यक्ष पुनमदेवी चयन भएका छन्।

त्यसैगरी सदस्यहरू सुन्दरी कुमारी जैसवाल,स्वस्तिका चौधरी,मधु चौधरी,सीमा जैसवाल,सोहागमती जैसवाल,लक्ष्मी कुमारी जैसवाल,सिन्धु कुमारी,आरती कुमारी जैसवाल,रिन्कु जैसवाल,अनिता देवी चौधरी,चन्दादेवी,पूजाप्रसाद,लक्ष्मीदेवी र दिप्सा गुप्ता चयन भएका छन्।कलवार कल्याणकारी सेवा समाजले सम्पूर्ण पदाधिकारीहरूलाई सम्मान गरेको हो।

सम्मान कार्यक्रममा समाजका पदाधिकारी, महिला समिति सदस्यहरू, समुदायका अगुवा तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले महिला समितिको गठनले कलवार समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्