मौसम पूर्वानुमान : आज सुदूरपश्चिमबाहेकका प्रदेशमा आंशिक बदली, तराईका केही ठाँउमा हुस्सु
  • प्रमुख खबर

माघ २५, काठमाडौं ।।

आज सुदूरपश्चिमबाहेकका प्रदेशमा मौसम आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

आज बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ । तराइ क्षेत्रमा दिउँसोसम्म नै हुस्सु र कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्