समृद्ध पाेखराकाे लागि व्यवस्थित विकासको आवश्यकता, रश्मि आचार्य
  • प्रमुख खबर

फागुन १२, पोखरा ।।
नेकपा (एमाले) का कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रश्मि आचार्यले समृद्ध पाेखराकाे लागि व्यवस्थित विकासको माेडलमा काम गर्नुपर्ने खाँचाे भएकाे बताएका छन् ।

देशकाे ठूलो महानगरमा व्यवस्थित विकासका लागि नयाँ नीतिगत व्यवस्था अपरिहार्य रहेकाेले स्थानीय तहसँगको सहकार्यमा भइरहेकाे विकासलाई थप व्यवस्थित गराउनुपर्ने बताए । उनले विकासका लागि देखिएका नीतिगत र कानुनी उल्झनले कठिनाइ देखिएकोले समाधानका लागि हरदम तत्पर रहने बताए । शिक्षा, स्वास्थ, रोजगारी, संरचनाका सौन्दर्यीकरण तथा युवा पुस्ता केन्द्रित महत्वपूर्ण विषयका नीतिगत कानुनी व्यवस्थापनमा भएका त्रुटिहरु हटाउन काम गर्काने बताए । उनले याे विषय आफ्नो महत्वपूर्ण प्राथमिकतामा रहेकाे एजेन्डा भएको बताए ।

फागुन २१ काे निर्वाचनका लागि जनताकाे घरदैलाेमा पुग्ने क्रममा पोखरा महानगरपालिका वडा नं. ७ का मतदातासँगकाे भेट्घाटमा उम्मेदवार आचार्यले उक्त कुरा बताए ।

उनले पर्यटन विकासका लागि ‘लिङ्क पोखरा, मार्क पोखरा र ट्विट पोखरा’ को अवधारणा अघि सारेको बताए। पोखरामा भएका संरचना र क्षेत्रलाई भौगोलिक र सांकृतिक पाटोबाट एक आपसमा जोड्ने काम ‘लिङ्क पोखरा’ ग्रामीण इलाकामा नयाँ गन्तव्य निर्माण र विकासका  लागि ‘मार्क पोखरा’ र पोखराको राष्ट्रिय तथा अन्तराष्ट्रिय  क्षेत्रमा प्रचार गर्न ‘ट्विट पोखरा’ फलदायी हुने आचार्यको भनाइ छ ।

उनले मुख्य सहरी क्षेत्रको जनसंख्या व्यवस्थापनलाई केन्द्रबिन्दुमा राखेको बताए । जनघनत्व बढी भएको मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्याको जीवनस्तर सुधारसहित शहरी क्षेत्रको थप सशक्तिकरण हुने अभियान संचालन गर्न सके व्यवस्थित पोखरा विकासमा टेवा पुग्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्