कास्कीको तीनवटै निर्वाचन क्षेत्रमा दिउँसो २:१० बजेसम्म ४३.२७ प्रतिशत मत खस्यो
  • सरिता गुरुङ

फागुन २१, पोखरा ।।
कास्की जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतदानमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ।

जिल्लाभरका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उत्साहजनक उपस्थिति देखिँदै आएको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी शिव लम्सालले जानकारी दिएका छन्।

उनका अनुसार यस जिल्लामा रहेको तीन वटा निर्वाचन क्षेत्रमा दिउँसो २ बजेर १० मिनेटसम्म ४३.२७ प्रतिशत मत
मत खसेको छ ।

मतदानको लैङ्गिक विवरणअनुसार महिला मतदाता सबैभन्दा बढी सक्रिय देखिएको उनले बताएका छन्। प्राप्त विवरणअनुसार अहिलेसम्म महिला मतदाता ६९ हजार २ सय ७६, पुरुष ६४ हजार २ सय ४० अन्य १ गरी कुल १ लाख ३३ हजार ५ सय १७ मत खसेको छ।

सूचना अधिकारी लम्सालका अनुसार मतदान प्रक्रिया बिहानदेखि नै शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।

सुरक्षा व्यवस्था कडा पारिएको तथा मतदान केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मीको पर्याप्त व्यवस्था गरिएकाले मतदान कार्य सहज रूपमा अघि बढिरहेको समेत उनले प्रमुख मिडियासँगको टेलिफोन सम्पर्कमा बताए ।

निर्वाचन आयोगले देशभर बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरेको छ ।

यस्तै देशभर भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कास्की जिल्लामा पनि लोकतन्त्रको यो महत्त्वपूर्ण पर्वमा मतदाताले उत्साहका साथ सहभागिता जनाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्