फागुन २२, गोरखा ।।
गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा अझै पनि मत गणना शुरू हुन सकेको छैन । मौसम खराबका कारण मतपेटिका संकलन हुन ढिलाइ हुँदा मतगणना शुरू हुन नसकेको हो।
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाको सबै मतदान केन्द्रबाट अझैसम्म मतपेटिका जिल्ला सदरमूकाम पुर्याउन नसकिएको हो । चुमनुव्री गाउँपालिकामा २३ मतदान केन्द्र छन् ।
ती केन्द्रका मतपेटिका शुक्रबार(आज) नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गर्न सुरु गरिएको थियो । तर, खराब मौसमका कारण सबै ठाउँको मतपेटिका ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले जानकारी दिएका छन् ।
नौ वटा केन्द्रको मात्र मतपेटिका आएको अझै १४ वटा केन्द्रको मतपेटिका आउन बाँकी रहेको उनले बताए । नाम्रुङ, प्रोक र सिर्दिवासका मतदान केन्द्रबाट मतपेटिका संकलन हुन बाँकी रहेको प्रजिअ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हेलिकप्टर स्ट्यान्डबाइ रहेको र भोलि(शनिबार) मौसम सफा भएपछि बिहानै लिएर आउने पनि बताए ।












