पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीलाई पितृ शोक
  • प्रमुख खबर

Oplus_131072

फागुन २९, काठमाडौं ।।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार(आज)बिहान गठ्ठाघरस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

ओलीका पिता केही दिनदेखि अस्वस्थ भई अस्पताल भर्ना भएका थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्