चैत्र १५, काठमाडौं ।।
नयाँ सरकार गठन भएसँगै दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक आइतबार(आज)दिउँसो २ बजेका लागि बोलाइएको स्रोतले जनाएको छ ।
यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले ४ वटा निर्णय लिएको थियो भने आजको बैठकमा पनि केही त्यस्ता निणर्य हुने सम्भावना रहेको समेत स्रोतले बताएको छ ।












