ओली र लेखकविरुद्ध १० दिन म्याद थपको माग, अदालतमा बहस जारी
  • प्रमुख खबर

चैत्र १५, काठमाडौं ।।
प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न १० दिनको म्याद थप गर्न अदालतसमक्ष माग गरेको छ ।

उनीहरुविरुद्धको काठमाडौं जिल्ला अदालतमा अहिले बहस भइरहेको छ । ओली र लेखकको म्याद थप बारे  जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ ।

स्वास्थ्य समस्याका कारण ओलीलाई अस्पतालबाटै भर्चुअल माध्यमद्वारा इजलाससामु प्रस्तुत गरिएको छ भने यो सुनुवाइमा पूर्वगृहमन्त्री रमेश लेखक आफैं उपस्थित छन् ।

अदालतमा पेस भएको निवेदनमाथि आज सुनुवाइ हुनेछ । दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्