चैत्र १७, काठमाडौं ।।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार(आज)संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिएका हुन् ।
उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ बजे अधिवेशन आह्वान गरेको बताए।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको यो पहिलो बैठक हो । यस्तै प्रतिनिधिसभाको बैठक शुरु हुनुभन्दा एक घण्टाअघि सर्वदलीय बैठक बस्ने भएको छ । बैठक सो दिन दिउँसो १ बजे बस्दैछ । यसअघि आजै बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।












