प्रतिनिधिसभा सञ्चालनको खाका तयार गर्न आज बैठक
  • प्रमुख खबर

Oplus_131072

चैत्र १८, काठमाडौं ।।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बुधबार(आज) बस्ने भएको छ । उक्त बैठक संघीय संसद् सचिवालयको आह्वानमा आज दिउँसो २ बजे बस्ने भएको हो ।

बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् ।

संसद्ले ती दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा खाका तयार गर्न थालिएको पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्