चैत्र २०, काठमाडौं ।।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
खडगराज पौडेल (गनेश)को कार्यकक्षमा मोबाईल फोन लैजान प्रतिबन्ध लगाईएको छ । उनले शुक्रबार(आज) देखि आफ्नो कार्यकक्षमा मोबाइल फोनलगायतका विद्युतीय उपकरण लैजान निषेध गरेका हुन्।
मन्त्रालय वा अन्य भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू देखाएर केही व्यक्तिले मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्ने र सर्वसाधारण तथा सरकारी निकायबाट लाभ लिन खोजेको सूचनाका आधारमा यस्तो निर्णय गरेको मन्त्री पौडेलको भनाइ छ।
यस्ता गतिविधि नियन्त्रण गर्न र मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन यस्तो कदम चालिएको पनि सचिवालयले जनाएको छ ।












