सभामुखमा निर्वाचक अर्यालको पद तथा गोपनीयताको शपथ आइतबार
  • प्रमुख खबर

Oplus_131072

चैत्र २०, काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा)का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद डोलप्रसाद(डीपी)अर्याल सभामुखमा निर्वाचित भएका छन्।

सभामुखका लागि शुक्रबार(आज) भएको निर्वाचनमा अर्याल निर्विरोध निर्वाचित भएका हुन्। उनी आज निर्वाचित भएपनि पद तथा गोपनीयताको शपथ चैत्र २२ गते आइतबार मात्र लिने भएका छन् ।

शपथ ग्रहण कार्यक्रम भने आइतबार दिउँसो साढे २ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्