चैत्र २२, काठमाडौं ।।
आइतबार(आज) मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा
आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो ।
सरकारले अहिले आफ्ना कामकारबाही सोही कार्यसूचीअनुसार गरिरहेको छ । सोही कार्यसूचीअनुसार हाल भइरहेको कामको बारेमा बुझ्न बैठक बोलाएको स्रोतले जनाएको छ।












