स्वर्गीय बुवाको स्मृतिमा अक्षयकोष स्थापना
  • प्रमुख खबर

चैत्र २३, पोखरा ।।
पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष समीर गुरुङले आफ्नो स्वर्गीय बुबा गणेश गुरुङको स्मृतिमा अक्षय कोष स्थापना गरेका छन् ।

गुरुङले सोमबार(आज) क्याम्पसमा २ लाख १ सय ११ रुपैयाँ बराबरको “स्व.गणेश गुरुङ स्मृति अक्षय कोष” स्थापना गरेका हुन् ।

विषेशगरी क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको पठनपाठनमा सहयोग होस् भनि अक्षय कोष स्थापना गरेको उनले बताए ।

उनले भने,’पोखरा बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस हो, सबै विद्यार्थीको आर्थिक अवस्था बलियो नहुन सक्छ । आर्थिक कारणले क्याम्पस छोड्ने अवस्था नआओस् भन्ने हो।’

गुरुङको यस पहलले विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच बढाउन महत्वपूर्ण सहयोग पुग्ने भन्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले उनलाई अक्षय कोष स्थापनाका लागि धन्यवाद व्यक्त गरिन् ।

उनले भनिन्, ‘ शिक्षा क्षेत्रमा उनको योगदान अतुलनीय रहेको छ। यस्ता सामाजिक तथा शैक्षिक कार्यहरूले क्याम्पसको शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास लिएको छु ।’

तपाईको प्रतिक्रिया दिनुहोस्