संयुक्त संसदीय सुनुवाइ समितिमा १२ सदस्य मनोनित, सभाबाट अनुमोदन
  • प्रमुख खबर

Oplus_131072

चैत्र २७, काठमाडौं ।।
प्रतिनिधि सभाबाट १२ सदस्य संसदीय सुनुवाइ समिति (संयुक्त)मा मनोनित भएका छन् । शुक्रबार(आज)
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा सदस्यहरूको नाम प्रस्ताव गरेका थिए ।

सभामुखले प्रस्तुत गरेका ती नामहरु सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

सो समितिमा अर्जुननरसिंह केसी, भिष्मराज आङदेम्बे, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन सिंह, पद्मा अर्याल, बोधनारायण श्रेष्ठ, मधु चौलागाई, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखकजंग थापा र वर्षमान पुन रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्