वैशाख १७,काठमाडौँ।।
केपी शर्मा ओली पित्तथैलीको शल्यक्रियापछि घरमै आराम गरिरहेका छन्। पछिल्लो समय शल्यक्रियाको घाउमा संक्रमण बढेपछि उनको बाह्य भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ। पत्नी राधिका शाक्य ले परिवारबाहेक पार्टीका नेता–कार्यकर्तासमेतलाई भेट्न नदिने व्यवस्था मिलाएकी छन्।
स्वास्थ्यमा सुधार नआएकाले ओली केही दिनदेखि घरको भुइँतलामा समेत नझरेको स्रोतले जनाएको छ। यसैबीच उनको स्वास्थ्य अवस्थाका कारण नेकपा एमाले का नियमित बैठक, छलफल र चुनाव समीक्षा प्रक्रिया प्रभावित भएका छन्। पार्टी सचिवालय तथा केन्द्रीय कमिटी बैठक अनिश्चित बनेका छन्।
यता, पार्टीभित्र असन्तुष्टि बढ्दै जाँदा विशेष महाधिवेशनको माग पनि उठ्न थालेको छ। केही नेताहरूले नेतृत्व परिवर्तनको आवाज उठाउन थालेका छन् भने ओली पूर्ण रूपमा निको नभएसम्म पार्टी गतिविधि सामान्य हुने सम्भावना कम देखिएको छ।











