जेठ ११, काठमाडौं ।।
गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमलाई प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन् ।
प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका हुन् ।
उक्त समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका हुन् । यस विषयलाई लिएर उनले राष्ट्रपति कार्यालयलाई जानकारी दिइसकेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषदको निर्णय अनुसार गणतन्त्रको प्रतिक राष्ट्रपति नै हुने भएकाले उक्त दिन राष्ट्रपार्टीले सम्बोधन गर्ने भएका हुन्। संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ ।
सो धाराको उपधारा २ मा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले काम गर्ने व्यवस्था समेत छ । सोही व्यवस्था अनुसार यस वर्ष राष्ट्रपतिले गणतन्त्र दिवसलाई सम्बोधन गर्ने भएका छन् ।











