आज २१३औँ भानुभक्त जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
  • प्रमुख खबर

अषाढ २९, काठमाडौं ।।
आज २१३औँ भानुभक्त जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा भएको थियो ।

उनले संस्कृत भाषामा रहेको ‘रामायण’लाई नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यमा अतुलनीय योगदान पुर्‍याएका थिए ।

उनको ‘वधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायतका कृतिले नेपाली साहित्यलाई समृद्ध बनाएको छ ।

विषेशगरी नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

उनको जन्मजयन्ती नेपालमा मात्र नभएर भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाउने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्