साउन १२, काठमाडौं ।।
एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमालका ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नियन्त्रणमा लिएको हो।
यसअघि सोही प्रकरणमा प्रहरीले दुई जना पक्राउ गरिसकेका छन् । उक्त घटनामा मंगलबार(आज) थप दुई जना पक्राउ परेसँगै हाल यस घटनामा पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ।
प्रश्नपत्र सार्वजनिक भएको घटनापछि सीआईबीले अनुसन्धान तीव्र बनाएको थियो। पक्राउ परेका चारै जनाविरुद्ध शिक्षा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताएका छन् ।









