शिक्षा समितिको बैठक फेरि स्थगित, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक ओझेलमा
  • प्रमुख खबर

Oplus_131072

साउन १८, काठमाडौं ।।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। सोमबार(आज) बिहान ११ बजे बस्ने भनिएको
अन्तिम समयमा आएर स्थगित भएको हो।

विषेशगरी आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गर्ने कार्यसूची थियो। तर, सभापति अर्को बैठकमा सहभागी हुनुपर्ने भएपछि निर्धारित बैठक स्थगित गरिएको समिति सचिवालयले जनाएको छ।

समिति सचिवालयले जारी सूचनामा जारी गर्दै यसबारे समिति सदस्य तथा सबै सरोकारवालालाई सूचित गरिएको उल्लेख गरेको छ । हुनत: यस समितिका केही बैठक यस अगाडि पनि स्थगित भएका छन् ।

यसअघि साउन ११ गते बस्ने गरी तय भएको समितिको बैठक स्थगित भएको थियो । त्यसदिन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल काठमाडौं बाहिर जानुपर्ने भएकोले बैठक स्थगित गरिएको समिति सचिवालयले सूचना जारी गर्दै जानकारी गराएको थियो । त्यसदिन राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा फेरि छलफल गर्ने भनिएपनि समितिको बैठक बस्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्