स्पाइरल ग्यालेक्सीद्वारा आयोजित अन्तरविद्यालय स्तरीय शिक्षक फुट्सल प्रतियोगिताको आइतबारको खेलमा को को विजय भए?
  • सन्तोष पराजुली

भाद्र २८,पोखरा।।

स्पाइरल ग्यालेक्सी एकेडेमी पोखराको आयोजनामा सञ्चालित अन्तर्विद्यालय शिक्षक फुटसल प्रतियोगिताअन्तर्गत आइतबार विभिन्न विद्यालयका टोलीबीच २० खेल सम्पन्न भएका छन्।

आइतबारको पहिलो खेलमा हार्डवर्डले पेमा शाललाई ३–१ गोलले पराजित गर्दा भानुभक्त माविले सोसल पब्लिकलाई ५–० ले हरायो। त्यस्तै, भ्यू प्वाइन्टले सितलदेवीलाई ४–३ र अल्फा बोर्डिङले अम्बिका माविलाई ६–२ गोलले पराजित गरे।

ग्लोबल कलेजियटले गण्डकी बोर्डिङ स्कुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विजयी हुँदा तालवेशी माविले मनकामना बोर्डिङलाई पेनाल्टीमा हरायो। अक्सफोर्ड बोर्डिङले छोरेपाटन माविलाई तथा पोखरा युनाइटेडले सूर्योदय बोर्डिङलाई पेनाल्टीमा पराजित गरे।

अन्य खेलमा डायमण्डले ज्योतिकुञ्ज बोर्डिङलाई ५–२, पीकेजीले डायमण्ड मावि ‘ए’ लाई ८–१, त्रिवेणी माविले गुरुकुल विद्याश्रमलाई १–० र बेथानी स्कुलले सेन्ट फ्रान्सिसलाई ५–० गोलले पराजित गरे। प्रगति बोर्डिङले फिस्टेल एकेडेमी, न्यूलाइट बोर्डिङले सबलाइम, जेसीएले शुभकामना स्कुल तथा हार्भड एकेडेमीले कुमुदिनी होम्सलाई पेनाल्टी सुटआउटमा पराजित गरे।

यसैगरी पश्चिमाञ्चलले भानुभक्तलाई १–० ले हराउँदा भ्यू प्वाइन्टले अल्फालाई ८–२ गोलले पराजित गर्‍यो। डायमण्ड ‘बी’ ले अक्सफोर्डलाई ४–१ गोलले हराउँदा दिनको अन्तिम खेलमा स्पाइरल ग्यालेक्सीले ग्लोबल कलेजियटलाई ३–२ गोलले पराजित गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्